कविता  /  Poem

एई मन

एई मन
के हो हाम्रो सम्बन्ध ?
न चिन्न सक्छु तँलाई
न त सम्बन्ध तोड्न नै सक्छु

मस्तिष्कले चिनायो तँलाई
कलिलो माटोमा बीज रोपियो
तर आजाद थियौं
तेरो कुनै सीमा थिएन
मेरो कुनै तगारो थिएन

तलाई खै के ले विचलित बनायो
मलाई अमिलो महसुस गरायो
तर केही क्षण त हो
तँ म-बिना पूर्ण हुदैनस
म तँ-बिना जिउन सक्दिन

त्यसैले यति कायम रहोस्
तँ मेरो भित्र
अनि तँबाट म
सधैं रही रहौं।