कविता  /  Poem

म प्रेम गर्छु प्रियतमा

म प्रेम गर्छु प्रियतमा
भन्नु छैन केही
फूलको बदली फूल
गोलीको बदली बारूद
लड्नु छैन त्यसै
जित सेंक्छु उब्जाउँला
थप्रका निम्ति भण्डार
मेरो मानु तिमी
तिम्रो पाथी म
कित गर्नु हिसाब

बरु आऊ लैजाऊ
हदयमा रोपेको
भावनाले सिंचेको
एक बोट प्रेम
बढोस् फुलोस्, लटरम्म वाली होस्
उजाडिएको हावामा सुगन्ध मोलियोस्
यो जीवन बाँच्नको
केही अर्थ बनोस्